अध्यक्षको मन्तव्य-पूर्वाञ्चल खरेल प्रवर्द्धन समिति कोटीहोम (2069 )
अध्यक्षको मन्तव्य (2069)
कुनै पनि थरका समुदायको उत्पत्ति र उपलब्ध भएसम्मको पूर्खाहरुदेखि अहिलेसम्मका पिंढीहरुको क्रमबद्ध नाम संकलन गरी लेखिएको दस्तावेजलाई वंशावली भनिन्छ। आज प्रायः सबै बरका समुदायहरुको वंशावली लेख्ने काम तदारुकताका साथ भैरहेको देखिन्छ । अधिअधि वंशावली लेख्ने चलन थिएन । चाबु आमाको नाम काड्न हुँदैन भन्दाभन्दै अहिले नाम विर्सेर श्राद्धमा अमुकअमूक भन्दै तर्पण दिन बाध्य भैरहेको स्थिति र बन्धुवान्धवबीचको साइनो छुट्याउनु, अशोच बानं र बन्धुहरुमा अपनत्व र सामिप्यता ल्याउन सबै धरका समुदायहरुले वंशावली लेख्ने काम महत्वका साथ भइरहेकाले र हामी खरेल बन्धुहरुमा पनि वंशावलीको आवश्यकता महशुस गरी यस पूर्वाञ्चल खरेल प्रवर्द्धन समिति झापाले पनि खरेल वशावली प्रकाशन गर्ने काम गरेको छ ।
वंशावली तयार गरी प्रकाशन गर्नु अत्यन्तै कठिन र पेचिलो काम हो। घरघर जानु पर्ने, जांदा पनि नभेटिने र आफ्ना पुर्खाहरुका नाम र हाँगाबिंगासम्म बताउन नसक्ने बन्धुहरु प्रसस्त भेटिएकाले कति बन्धुहरुका नाम संकलनगर्दा छुट हुन सक्छ। त्यस्ता खुट भएका बन्धुहरुको अर्को प्रकाशनमा अभिलेख गरिनेछ। हाम्रो प्रयास सबै बन्धुहरुलाई नछुटाउने हुँदाहुँदै पनि कसैको छुट्न गाएमा पूर्वाञ्चल खरेल प्रबर्द्धन समिति क्षमा चाहन्छ ।
अन्त्यमां वंशावली लेखनमा सहयोग पुयाउनु हुने सम्पूर्ण बन्धुहरुप्रति समिति हार्दिक आभार व्यक्त गर्दछ । साथै यो वंशावली संकलन र लेखनमा अहोरात्र खटि तयार पार्ने भतिज चन्द्रप्रसाद खरेललाई पूर्वाञ्चल खरेल प्रबर्द्धन समिति हार्दिक आभार एवम् धन्यवाद टक्रयाउंछ ।
भूपालप्रसाद खरेल
अध्यक्ष
पूर्वाञ्चल खरेल प्रवर्द्धन समिति कोटीहोम, झापा (२०६९ )