लेखक को कलम (चन्द्रप्रसाद खरेल - बंशावली प्रकाशन - 2069)

यो बंशावली प्रकाशन हुनुमा सानो कुरा नजान्दाको परिणाम हो। किनभने २०५७ सालमा जन्मदाता पिताको निधन हुँदा हिन्दु परम्परा र रीतिरीवाज अनुसार गरिने शुद्धीकार्यमा हाम्रा बाबु बराजेको नाम थाहा भएन। त्यही समयमा अरुलाई सोध्नु पर्दाको पिडा थाहा भयो। त्यसपछी यस्ता कुरा अति आवश्यक हुदोरहेछ भनेर स्व. प्रेमदास उप्रेतीज्यूले लेखेको बंशावली किताब ल्याई त्यसलाई ड्राफ बनाएर नामहरु लेखियो । त्यसैगरी अरुको नाम पनि लेख्ने कार्य सुरु भयो। पछि गएर अरु बन्धुलाई पनि यस्तै हुन सक्छ जस्तो लागेर यस खेखालाई किताब बनाउने लक्ष्य लिएर प्रत्येक बन्धुहरुको घरमा गएर नाम लेख्ने कार्य गरे। यही कार्यमा दार्जिलिङ, सिक्कीम, माधरी असमतिर हामी ३/४ जना गएका थियौ। त्यसमा दुर्गाप्रसाद, भिष्मराज, चक्रप्रसाद र तुलसीप्रसाद हामी पालैपालो गएर नाम लेखियो । यही क्रममा जाँदा मैले छोराको मात्र नाम समावेश गरेको थिए। अब हामीलाई माता पिताको पनि नाम आवश्यक पर्छ भने किन नलेख्ने । फेरी एउटै कोखबाट जन्मिएका छोरी चाहिं नहुँदा बली विभेद भए जस्तो लागेर फेरी २ वर्ष लगाएर बामा, छोरी, बुहारी सबैको नाम समावेश गरेको छु। यही कारणले प्रकाशनमा ढिलाई भएको हो । यो कार्य भनेजस्तै सजिलो होला भन्ने सोचिएको थियो, तर त्यस्तो हुँदो रहेनछ। झापा, मोरङ्ग, सुनसरीका प्रत्येक बन्धुको घरमा तीनपटकसम्म पुग्नु पर्यो। त्यही क्रममा जाँदा कोही कोहीले म खरेल होइन पनि भने। कहीं मागी खाने भाडो बनाएछौं पनि भने। जे भने पनि म यहीं कार्यमा निरन्तर लागिरहे। आफ्‌नो घरायसी काम छोडेर भएपनि यसलाई प्रकाशन गर्ने काममा लागिरहे यस कार्यलाई मैले अर्कै सोच बनाएको थिए। के भने यो किताब बनाएर सबै बन्धुलाई दिउँला भन्ने थियो। तर एक्लो बृहस्पति झुट्टा भनेकै प्रकाशन गर्दा समिति मार्फत जानु राम्रो ठानेर वंशावली प्रकाशन समिति ९ सदस्यीय गठन गरि काम गरियो ।

यस अघि निकालिए‌को वंशावलीमा रविपाध्यको छोरा-चन्द्रमणि, चन्द्रमणिको छोरा-इन्द्रमणि, इन्द्रमणिको छोरा-शिरोमणि र शिरोमणिको छोरा-शैवेश्वर भनी लेखिएको हुँदा शैवेश्वरको बुबा शिरोमणि हो भन्ने प्रमाण नभेटीएकोले यसमा काभ्रेबाट आउने शैवेश्वरको मात्र नाम समावेश गरेको छ। त्यहाँ भन्दा माथिका पुर्खा भेटीएमा वा खोजीकार्य गर्नुपर्ने आवश्यक देखिएको खण्डमा पछि राखौला राख्न सहयोग पुर्याउनु होला । यही खोजका लागी हामी ४ जना दिपक, भिष्मराज, दुर्गाप्रसाद, र म चन्द्रप्रसाद खरेल काठमाण्डौ गएका थियौ । त्यसै क्रममा काभ्रेमा हुने खरेल बन्धुहरुले वंशावली २ पटक प्रकाशन गरिसक्नु भएको रहेछ ।

काभ्रेबाट आउने शैवेश्वर र अरु बन्धुहरु पनि त्यहिबाट आउनु भएको होला भनी वहाँहरुको नाम पनि यस वंशावलीमा समावेश गरेकोछु ।

शैवेश्वर भन्दा मुनिको बन्धुहरुले जाने/दिएसम्मको नाम, ठेगाना, फोन नं लेखिएको छ। त्यही क्रममा काचे वा पूर्व, पश्चिम, देश, विदेश नभनी समस्त वशिष्ठ गोत्रीय खरेल बन्धुहरु एकै हो भनी एउटै माला गास्ने प्रयासको क्रममा हामीले काठमाडौंमा यादव र अच्युतकृष्णको घरमा छलफल गरी त्यहाँको उपस्थितिले एउटै वंशावली बनाउनु अति उपयोगी हुने बताउनुभयो । त्यसकारण काभ्रेको र फलाटेको स्व. श्री हरिभक्त खरेलज्यूले लेख्नुभएको किताबबाट नाम थपघट गरी वंशावली तयार गर्ने सोच राख्यौं। काभ्रेको नाम उपलव्ध गराउने सुदन खरेल र देबीप्रसाद खरेल त्यस्तै गरी फलाटेको उपलब्ध गराईदिनु हुने विश्वभक्त खरेलज्यू र धादीङ, नुवाकोट, बारा, पर्सा, रौतहट र चितवनको नाम संकलन गरिदिनु हुने कृष्णराज खरेलले बसन्त खरेललाई दिनुभएको रहेछ । मलाई बसन्त खरेलले दिनुभएको हो। उहाँहरु सबैले सहयोग गरीदिनु भएकोमा म हृदयदेखि नै धन्यबाद दिन चाहन्छु । त्यस अनुरुप संकलन गरेको नाम डाफमा ल्याउँदा मलाई अति कठीन भयो, सोध्ने ठाउँ पनि भेटिएन। जे जसरी राखेको छ, त्यो गल्ती भए क्षमा चाहन्छु। यसमा काभ्रे र फलाटेको नामावलीमा छोरी बुहारी, आमाको नाम समावेश गर्न सकिएन । पछि फेरी गरौला / गर्नुहोला । यस वंशावलीमा समितिको सदस्यताको विशिष्ट व्यक्तिको फोटो राख्ने निर्णय भयो। फेरी इच्छा हुने व्यक्तिले राख्न पाउने सहमती भयो। यही अनुरुप फोटा संकलन गरियो। यो कुरा जहांसम्म सबैमा जानकारी गराइयो। जानकारी नपाउने बन्धुहरुसँग क्षमा चाहन्छु। फोटो राखेर किताब प्रकाशन गर्न सहयोग पुर्याउनु हुने बन्धुहरुलाई धन्यवाद। यस वंशावलीमा आफ्‌नो पुर्खाको छोरा, छोरी, बुहारीहरुको नाम समावेश गरिदिनुहुने बन्धुहरु तथा यो सङ्कलन गर्न जाँदा, खानपिन, बसोवासको व्यवस्था गरिदिनुहुने बन्धुहरुलाई र नाम संकलन गर्न गाउँ-गाउँ, घर-घर देखाइदिने बन्धुहरुलाई साथै खरेल वंशावली प्रकाशन समितिले पूर्णरुपमा सहयोग गरिदिनु भएको तथा श्री वशिष्ठ आश्रम खरेल प्रबर्द्धन समितिका सदस्यज्यूहरुले सक्दो सहयोग गर्नुभएकोमा मलाई धेरै खुशी लागेको छ ।

२०३४ सालमा स्व. श्री प्रेमदास उप्रेतीज्यूले खरेलको वंशावली निकालीदिनु भएकोले हामीलाई यो वंशावली तयार पार्न ठूलो सहयोग पुगेको छ। त्यसैले उहाँ प्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु ।

अन्तमा : यस वंशावली उत्कृष्ट बनाउन खोज्दा खोज्दै पनि लेखोट अस्पष्ट एवं त्रुटी हुनगएको छ होला त्यस त्रुटीप्रति क्षमा माग्दै बन्धुहरुले सच्याएर पडिदिनु हुने नै छ भन्ने विश्वास लिएको छु ।

चन्द्रप्रसाद खरेल

अनारमनी-४, विर्तामोड, झापा