ज्यो. पं. दुर्गाप्रसाद खरेलको जीवनी

वी.पं.दुर्गाप्रसाद खरेल पाँचथर जिल्लाको बोयाम गा.वि.स. मा पिता प‌द्मलाल र माता चन्द्रमाया खरेलका जेष्ठ पुत्ररत्नका रुपमा जन्मनुभएको थियो । वाल्याजवस्थादेखी नै उहाँ चन्चले र जिज्ञासु स्वभावको हुनुहुन्थ्यो। उहाँको वाल्यकाल घर, खेत र गोठमा नै वित्यो । उहाँले पढ्‌ने मौका पाउनु भएन । जवान भएपछि घरबाट भागेर ज्योतिष साथै अन्य पौराणिक शिक्षा पढ्नुभयो। खेतिपातिको काम सकेर सिक्किम, दार्जीलिङ्ग गएर जन्मकुण्डली हेदहिदै ज्योतिषका धुरन्धर विद्वान भनी भारतका विभिन्न शहरहरुमा नाम एवं सुवास चल्दै गयो ।

ज्योतिष हेरेर कमाएको आम्दानीको दशांश हिस्सा शिक्षा क्षेत्रमा खर्च गर्ने अठोट गरि सिक्किमबाट शिक्षक ल्याएर २००८ सालमा प्राइमरी स्कूल खोली शिक्षाको ज्योति छर्ने काममा सक्रिय भएर लाग्नुभयो । त्यसबेला नेपालमा कताकता मात्र फाट्टफुट्ट स्कूलहरु खोलिदै थिए। पहिले पहिले वहाँको अभियानलाई गाउँले ले सघाएनन् । दुईवर्षसम्म आफु एक्लैले स्कूलको सम्पूर्ण खर्च व्यहोंनु भयो। दुई वर्ष पछि गाउँबाट पनि सहयोग हुन थाल्यो। अन्य गा.वि.स.हरुमा पनि स्कूल स्थापना गर्न प्रोत्साहन गर्दै रहनु भयो ।

२०२२ सालमा झापामा बसाई सरेपछि कालिस्थान मा.वि. को भौतिक पूर्वाधारको अभाव पूर्तिको लागि निजी खर्चमा कार्यालय भवन निर्माण गरिदिनु भयो। त्यस पछि शनिश्चरे बजारमा बसोवास गर्न बाले पछि शनिश्चरे मा.वि.को लागि दुर्गाप्रसाद सहित अन्य साथीहरु मिलेर दुइवटा भवन र एउटा सरस्वतीको मन्दिर निर्माण गरिदिनु भयो। यसरी शिक्षा बाहेक अन्य क्षेत्रमा पनि वहाँको महत्वपूर्ण सहयोग रहिरहयो । कुनै संघ संस्थाले सहयोग मागेमा खालिहात पठाउँनु हुन्नथ्यो ।

पं. दुर्गाप्रसाद खरेल कुनै न कुनै रचनात्मक काम नगरी बस्नु हुन्नथ्यो। वहाँको जीवनको उत्तरार्द्धमा सुसुप्त अवस्थामा रहेको श्री अर्जुधारा जलेश्वर धाममा नजर पर्यो। त्यति वेला सानो मन्दिर मात्र थियो । वहाँले त्यसको महत्व बुझेर विभिन्न संघ संस्थालाई गुहारेर त्यसको विकाशमा लागिरहनु भयो । पूर्वाधार विकाश हुँदै गएपछि गुरुकुल स्थापना गरियो। संस्कृत मा.वि. स्थापना गरियो। वहाँकै सत्प्रयास र मेहेनतबाट बाज यो धाम विश्वका हिन्दु जगतको आस्थाको केन्द्र बनेको छ ।

समाज सेवाका साथसाथै राजनीतिमा पनि उत्तिकै सकृय हुनुहुन्थ्यो । २०१० सालमा ठेक्का स्थिति र भावी राजनीतिवारेमा छलफल गर्न धनकुटामा पूर्वाञ्चलबाट प्रतिनिधिका रुपमा वहाँलाई बडा हाकिमबाट डाकियो र वहाँले महत्वपूर्ण सुझावहरु दिनु भएको थियो। पञ्चायत कालमा प्रधानपञ्च हुँदै अञ्चल पञ्चायत सदस्यसम्म बन्नु भयो र त्यस समयमा गाउँ-गाउँ घुमेर आली, किर्ते, फटाहा र शोषणको अन्त्य गर्ने अभियान चलाउनु भएको थियो ।

चन्द्र खरेल

खरेल वंशावली