हृर्दुलाल
श्री गणेशाय नमः ॥
ॐ स्वस्ति ॥ काभ्रे पलाञ्चोकबाट शैवेश्वरका छोरा २ मध्ये धर्मानन्द खरेल आडमुङ वस्न पुगे। यिनैको वंशमा कृष्णलाल र ललितादेवीका कोखवाट जन्मदै दाहिने तिघ्रामा सेतो छाप र दाहिने कुहिनो माथि त्रिशुल चिन्हसहितका लिक्षण बालकको १९३८ असार १५ तिख्य नक्षत्र, कर्कट राशि, विहीबारमा हुर्दुलालको जन्म भयो । उहाँ १३ वर्षको हुँदा १९५१ कार्तिक बेतेनी गोठमा प्रथम कम्पन भइ पन्चकन्या देवीको उत्पत्ति भयो । त्यसपछि दैविक शक्ति प्राप्त धामी नामले चिनिनु भयो ।
तत्पश्चात् र्दुलालका कामहरु अद्भुत हुँदै आएपछि १९५४ मा सबै बन्धु भेला गराएर पहिलो कूलपुजा जगतमा भयो । १९५७ सालमा नेवार गाउँमा भएको दोस्रो कुलपुजामा धामीले भोगखाने, प्रसाद वेद सम्मत नभएको सुझाव आएपछि १९६० को कुल पुजामा दैवी शक्तिद्वारा भोगखाने, शिला पखाल्ने पानीको उत्पन्न गर्नुभयो। कूलपुजामा आस्था र शुद्धता नगरेकोले आफ्नै बुहारीबाट सानो भुल हुँदा निसन्तान र कान्छी महाजननीका पुत्र सुस्त जन्मने छ भनेको सोही त्यहाँ पछि सबै सर्तक भए ।
१९६३ को कूलपुजामा रुद्री, वेद, कुलायनका मन्त्र पढ्दै गर्दा शिव स्थापना गरेको ठाउँमा मर्यादा अनुसार दूधधारा हुदै जाँदा त्रिशुलको टुप्पो देखियो। श्रद्धापूर्वक गर्दै जाँदा एक इन्च बढेको पाइयो। गोविन्दको घमण्डले उनको पालामा एक इन्च पनि सरेन। तत्कालै धामीले चमर घण्टीले हानी कुलदेवता प्रति विश्वास नभई अनर्थ भो भनी निजलाई दण्ड गरी पुजा अर्चना गरी स्वयले पुरै त्रिशुल निकाली आफनो शक्ति देखाउनु भयो ।
त्यस बखत यस्तो अद्भुत कुराको चर्चा हुन थालेपछि बडा हाकिम माधव शम्शेर राणाले १९६४ मा त्रिशुल र धामी ताप्लेजुङ्गमा झिकाई जाँची दैविक शक्तिबाट प्राप्त भएको विश्वास गरी सम्मान पुर्वक धामीलाई घर पठाउनु भयो ।
हरेक तीन वर्षमा हुने उक्त कुलपुजा १७ पटक गर्न पाउने कुलदेवीको अनुमति थियो । सत्य निष्ठामा रहने उहाँलाई चमत्कारी कार्य गर्ने दैवी शक्ति प्राप्त थियो। यसरी कुलपुजा गर्न १९८१ साल देखि वीरभद्रवंशले नेवार गाउँमा, कृष्णलालवंशले गढीदोभानमा, गोविन्दवंशले तिमतिम्बुमा शक्तिवल्लभले मांचेकमा र कान्छा प्रतिमानले सिक्किम नामचामा धामीलाई फिकाई कूलपुजा गरेको शिला सोही ठाउँमा पानी निकालेको यद्यपी देख्न पाइन्छ ।
धामीको रुपमा प्रख्यात उहाँ हिमालका हिउँ सहीतको धुपी, जडीबुटी, शालिग्राम आदि सामाग्रीहरु देवीदेवताको आह्वान गरी प्राप्त गर्नु हुन्थ्यो। उहाँलाई सीकारी वनदेवी, जलदेवीको पनि कृपा थियो। मानिस विरामी हुने, मर्ने, बाच्ने तोकीदीनु हुन्थ्यो। उहाँको भविष्यवाणी सबै मिल्ये। १९७१ मा विरभद्रको सबै सम्पति चोरी हुँदा कुलको शक्तिले खेदै जादों सांगा डाडाको मेजरथुम्कीको खाडलमा ३०० तोला सुनचादि भाडाकुडा, छालाको थैलिमा रहेको १७ तोडा नगदी रुपैया समेत फिर्ता गराउनु भयो ।
उहाँको २ पत्नि मध्ये जेठीवाट ३ छोरा जयकृष्ण, नन्दलाल, विष्णुप्रसाद र ५ छोरी भए। कान्छीबाट १ छोरा देवीप्रसाद र ३ छोरी भए। उहांले २०१८ सालमा पाथिभारा भगवतीमा देवी भागवत ९ दिनसम्म सुन्नुभयो । २०२० सालमा ५४ दिने सत्चण्डी पाठ श्रवण गर्नुभयो। अन्तिम समयमा देवीदेवताको उपासना गर्दै २०२४ साल ३/२६ गते मा ८८ वर्ष पुरा गरी पार्थिक शरीर त्याग्नु भयो। अस्तु ।
देवीप्रसाद खरेल, काठमाण्डौ
खरेल वंशावली
