भौतिक निर्माण कार्यमा सहयोग गर्नुहुने दाताहरु (बंशावली पुस्तक 2069 बाट)

१.) श्रीमती पवित्रादेवी (खरेल) सिटौला-महारानी झोडा (श्रीमान स्व. भक्तिप्रसाद सिटौला को स्मृतिमा) वडा नं ४ बाट श्रवण हल निर्माण गरिदिनु भयो।

२.) संस्थाको संस्थापक सदस्य स्वर्गीय भूमिप्रसाद खरेलको स्मृतिमा श्रीमती विजयालक्ष्मीद्वारा यज्ञ मण्डप मन्दिर निर्माण गरिदीन् भयो।

३.) यस संस्थाका संस्थापक अध्यक्ष हाल संरक्षक सदस्य) श्री परमानन्द खरेलज्यूबाट व्याशासन मन्दिर निर्माण गर्नुभए‌को छ।

४.) यस सस्थाका सह-सचिव श्री भिष्म खरेलज्यूबाट माथिल्लो तलाको १ कोठा अतिथि कक्ष निर्माण गर्नुभएको छ ।

५. सदस्य कुलप्रसाद खरेलज्यूबाट पाकशाला विस्तार गरीएको छ।

६.) सदस्य श्री पं. गंगाप्रसाद खरेलज्यूबाट मूलमन्दिरको अघिल्तिर, गणेश र हनुमानको शालिक निर्माण गर्नुभएको छ ।

७.) टीकाराम खरेलज्यूबाट हारमोनियम प्रदान गर्नुभएको छ।

८.) श्रीमती धनमाया खरेलज्यूले १ सेट माइकको व्यवस्था गरिदिनु भएको छ।

९.) खगेन्द्र खरेलज्यूबाट १ सेट कुर्सी टेवल प्रदान गर्नुभएको छ।

१०.) श्रीमती मीरा खरेलज्यूबाट मन्दिरमा ठूलो घण्टी प्रदान गर्नुभएको छ।

११.) यस सस्थाको साधारणसभामा पर्शुराम खरेल (दमक-१०) ले निशुल्क लेखापरीक्षण गरिदिनु भएको छ।

(बंशावली पुस्तक -2069 बाट)