वंशावली प्रकाशन समितिको तर्फबाट (2069)

आज भन्दा करिव २०० वर्ष पहिले हाम्रा च्याब्जू धर्मानन्द खरेल काभ्रेपलाञ्चोकबाट आठराई कालिपामा केही वर्ष बसी पछि पाँचथर जिल्लाको अमरपुर गा.वि.स. ८ आङबुङ्गमा बसोवास गर्नुभयो ।

त्यहीं उहाँका ५ भाइ छोराहरु भए। ती पांच भाइका सन्ताहरु नेपालको विभिन्न भागमा, भारतको बंगाल, असम, मनिपुर, सिक्किम, भूटान र अन्य मूलुकमा समेत बसोबास गर्दै आएका छन् । स्वदेश र विदेशमा रहेका खरेल बन्धुहरुको नामावली संकलन गर्न ज्यादै कठीन र चुनौतीपूर्ण हुँदोरहेछ । आमा, छोरी, बुहारीको पनि वंशावलीमा नाम राख्नु आवश्यक देखिएको हुदा सो समावेश गर्दा यो वंशावली निकाल्न केही ढिलो भएको छ । प्राप्त भएसम्म फोटा पनि राखिएको छ। यो बंशावलीमा पुर्खा नजोडिएका केही बन्धुहरुको पनि नामावली लेखीएको छ। अर्को संस्करणमा सकेसम्म खोजतलास गरी समावेश गरिनेछ वा गर्नुहोला । खरेलहरु जो जहाँसुकै बसोवास भएको भएपनि एउटै वंश वृक्षमा समावेश गर्ने हाम्रो अठोट अनुसार हाम्रो प्रतिनिधी मण्डलले काभ्रेपलाञ्चोक खरेलथोक र फलाटेंका बन्धुहरुसंग दाइ यादव खरेको घरमा बैठक बसी सरसल्लाह गरियो । जो सकारात्मक रहेको छ ।

अन्त्यमा यो बंशावली प्रकाशनको लागि नाम दिएर सहयोग गर्ने सम्पूर्ण बन्धुहरुलाई धन्यवाद दिइन्छ । जटिल र चुनौतिपूर्ण कार्य गरी यो बंशावली प्रकाशन गर्ने प्रकाशक चन्द्रप्रसाद खरेललाई विशेष धन्यवाद ।

दुर्गाप्रसाद खरेल

शनिश्चरे

वंशावली प्रकाशन समिति सदस्य (2069)