वशिष्ठ गोत्रिय खरेल (खऱ्याल) - समाजको ऐतिहासिक पृष्ठभूमी

वशिष्ठ गोत्रिय खरेल (खऱ्यालाहरु आल्मोडा कुमाञ्चल पश्चिम चौरहरिया (खारीप्रदेश) बाट जुम्लाको सिंजामा ११८० तिर नागवंशीय आदीपुरुष नागराजले राजधानी बनाई राज्य विस्तार र एकिकरणको कम शुरुवात हुन्छ। यिनै नागराज वशिष्ठ ऋषि/महर्षिका सन्तानलाई आदिपुरुष मानेर घटनाक्रम समयसारिणी भूगोल, ऐतिहासिक अभिलेख र प्राप्त श्रोतलाई अध्ययन विश्लेषण गर्दा सूर्यवंशीय खरेल (षऱ्याल) समाजको जरा, भेद, यकिन हुन सक्ने महशुस गरी, यसको उत्पत्ती र चर्चा गर्न योग्य लाग्यो।

तिनै आदिपुरुष नागवंशीय प्रथम पुरुष नागराजका सन्तान र राज्य विस्तार क्रमलाई जोड्न गईरहेछु । प्रथम नागराज, ध्दि चाप, तू चापिमल्ल, चतुर्थ काभिचल, पंचमऋविचल, छैटौ क्राचल (१२६४ देखि १२८० वि.सं) ले कुमाउँगढ कब्जा गरेको बानेश्वर माहादेवको मन्दिरमा प्राप्त अभिलेखवाट पाईन्छ। उनै क्राचल (छैटौ राजा) का छोरा अशोक चल्लले खारी प्रदेशमा विशाल राज्य बिस्तार एकिकरण अभियानमा सफल भै, युद्धबाट प्रान्त हुने पद 'मल्ल' छोरा जितारी मल्लले ग्रहण गरी नागवंशीय सन्तानमा मल्लहरुको उदय भै खारी प्रदेशमा क्रमशः आठौँ जितारी मल्ल, नवौं अक्षयमल्ल, दशौ कल्याणमल्ल, एघारौं आदित्यमल्ल बाह्रौँ प्रताप मल्ल जो नागवंशका अन्तिम १२ औं राजा मानिन्छ । यिनै प्रताप मल्लका छोरी मात्र भएकी हुदाँ आदित्यवंशीय पुण्यपालसंग छोरीको विवाह गरी मल्ल पद र राज्य हस्तान्तरण गरेको हुँदा (भाइ भारदारहरु बीच विवाद र झै-झगडा, युद्ध भै) ताम्रपत्र सिंजा राजधानीबाट जारी भएको पृथ्वीमल्लको कनक पत्रबाट जान्न सकिन्छ। यसरी समग्र ऐतिहासिक कालखण्ड र पृष्ठभूमिलाई विश्लेषण गर्दा खारी प्रदेशमा वि.सं. १०३० देखि नै नागवंशीय सन्तानका राजा, लडाकु सेनाहरु, राज्य विस्तार र एकीकरणको क्रममा खसान साम्राज्य फारसदेखि चीनल थुला हुँदै सुमात्रासम्मको कर उठाएको पाईन्छ । वि.स. १३४५/४६ मा नुवाकोट कब्जा गरी राजा जितारी मल्लले (आठौं राजा) पशुपति मन्दिरमा घण्टी चडाएका हुँदा सोहि समयदेखि आजको नेपालमा सुर्यवंशी वशिष्ठगोत्री खरेल (षऱ्याल) वंश प्रवेश मान्न सकिन्छ । (वि.स १३३६ मा रिपु मल्ल (षऱ्याल) १२०१ को सिंजाको इतिहास) पशुपतिको मन्दिरमा 'ओमपद्मे हुँ घण्टी चडाएको र वि.सं.१३३५ मा राजा जितारी मल्लको पालोमा मुसलमान आकमण हुँदा सिमौरगढमा जालन्धारी राहुतको नेतृत्वले लखेटेको, १७३० मा अफ‌गानी रुदेल सेनासँग भएको भिडन्त र लखेटी पठाइएको त्यहाँ हुन गएको नरसंहार पश्चात विचलित लडाकु सेना भारदारहरु कर्णाली प्रदेश कैलाश मानसरोवर गंगु पश्चिम कास्मिर, पूर्व ब्रम्हापुरीसम्मको भूगोल कब्जा गरी राज्य विस्तारमा जुटेको पाईन्छ । यो ऐतिहासिक पृष्ठभूमि खरेल वंशावली प्रथम, द्वितिय संस्करणका लेखक स्वर्गीय हरिभक्त खरेलको वंशावलीबाट साभार । यसरी यत्रतत्र फैलिएका वशिष्ठ गोत्रीय खरेल (बल) समाजका आदी पुरुषहरु नेपालको भुगोलमा आई बसेको प्रमाण, अभिलेख प्रसस्तै पाईन्छ। गोरखा राजा नरभूपाल शाह १७९६ वि.स. को ताम्रापत्र, पृथ्वीनारायण शाहबाट प्राप्त लालमोहर, शनद र आदी पुरुष फलाटे भगीरथ उपाध्याय खरेल (षऱ्याल) को सन्तान वंश वृक्ष बारेमा थोत बन्धु डि.ई. विश्वभक्त खरेलबाट अवगत हुनेछ । पंलाञ्चोक खरेल र आध्यपुरुष रविपाध्याय खरेल (बऱ्याल), रविटांडा, रविटांग, रविखोला, खरेलथोक, पंलाञ्चोक विजय श्री भगवती मन्दिर स्वापना र लिच्छवि राजा मानदेवको पालामा रानी विजय स्वमीनीले मुर्ती स्थापना गरी मुर्तीकारको हातको औंला काटेको, सिन्धुपाल्चोaक गैरेगाँऊ हुँदै हाल काठमाण्डौँमा रहेको खरेल बन्धुहरु र रविपाध्याय पऱ्याल, धर्मानन्द घऱ्याल, पलाञ्चोकको खरेलथोक र काशी, पाल्पा उनैको सन्तान एवम् गुल्मि हुँदै नुवाकोट राजदरबारमा राजा पण्डित धर्माङ्गत षऱ्याल ताम्रापत्र वि.सं. १८२६।११।२६ वि.स.१८२७।५।१० वि.सं. पृथ्वीनारायण शाहले एकीकरणको समयमा खरेल वंश युगपुरुषहरुको योगदान भएको, लालमोहर, पाल्पाका राजाको चिट्ठि वि.सं. १८६२ मा वीर्ताहरण, १८६४मा थमौती, र पि.एन शाहबाट जग्गाको लालमोहर, मौजा, श्री ५ प्रतापसिंह शाहबाट चौतरीय, राजपण्डीत, वि.सं.१८३२ मा वीर्ता सप्तरी विजैपुर, (पहाड मदेश) को भूगोलमा आफ्‌ना वंश सन्तानहरुले भोगेका नुवाकोट दरबार, पाँचखाल दरबारमा भेटिएका अभिलेखबाट आफ्‌नो गौरवमय ऐतिहासीक पृष्ठभूमि रहेको पाइन्छ । यिनै खरेल (खऱ्याल) हरु आफ्‌नो राजनैतिक, साँस्कृक्तिक, सामाजिक पृष्ठभूमिबाट आफ्‌नो संस्कार, खानदान, पहिचान बोकेर स्वतन्त्रता र मुक्तिको लागी लडेका छन् । भारतछोड आन्दोलन, राणा विरोधि आन्दोलन डा. के. आई. सिंह, वि.पी कोइराला संगै बिद्रोहमा होमिएका (ठिडे राजा) स्व. अग्निप्रसाद खरेलसम्मको पृष्ठभूमि बुझ्न सकिन्छ। यो वंशवृक्ष तयार गर्दा केहि ऐतिहासिक चर्चा र वंशजहरुले स्वीकार गरी मन्त्र, पुजनविधि र यस्को वास्तविक तथ्यता बुझ्न जरुरी छ। सुर्यवंशीय वशिष्ठ गोत्रिय खरेल समाजले कुलप्रथा, ईस्टदेवता, कुलमन्त्र र उत्पतिको विषय यस्तो पाईन्छ :

१) खरेलको उत्पति: खारीप्रदेशका नागराज (खैरे गाँउ खारीबोट) फैलावट शाखालाई आल मानिन्छ । (खारी+आल) बाट (पऱ्याल) भै खरेल २००१ बाट प्रचलन, लेखन मा पाइन्छ । खरेलहरु ३ प्रकार वशिष्ठ, भक्ति, परासर र ५ प्रकारको समय सारिणी भित्र पर्छन् ।

२) कुतालादेवी :- (कुलमन्त्र) खारी प्रदेश सिंजामा राज्य विस्तारको कममा कुतालादेवी गाँउमा रहेकी नन्दा देवीको मन्दिरमा पुजा गर्ने र सोहि ठाउँमा कुतालादेवी स्थापना गरी हतियार पुजन गर्न बलिपुजनलाई कोतघर बनाई कुटानादेवी स्थापना गरेका र पछिबाट वलिप्रथा हटाईएको स्थललाई स्मरणार्थ कुतालादेवी मन्त्रणामा आउछिन् ।

३) अरुन्धतादेवी :- वशिष्ठ महर्षीकी धर्मपत्नी उनीबाट १०० जना पुत्र जन्मेका मेघातिथी मुनिकी छोरी - कुलमाताको रुपमा स्मरण गरिन्छ ।

४) बैराठ देवः- वशिष्ठ गोत्रिमा उत्पन्न बैराठ देव, युद्धलडाकु र प्त, मृत, आत्मा र वायुदेवका समष्टि स्मरण खातीर मष्ठपुजन कुलमन्त्रमा रहन्छन् ।

५) सहगोत्रीहरु:- सुयल, राउत, थापा, दवाडी, घर्तीसुयल, भट्टराई, बाङ्गसिङ्गेभण्डारी, चालिसे, पाठक, र अन्य चप पनि भेटिएका छन् ।

६) कुमाइचाहत्मण :- कुमाँउगढबाट आफ्नो धर्म, संस्कृती र पहिचान बोकी आएका ब्राह्मणहर

७) खरेल (बऱ्याल) उपाध्याय संस्कृत शिक्षाबाट दिक्षित विद्वानलाई बुझ्नु पर्छ ।

यी माथिका शब्द रचना र शब्दार्थबाट ऐतिहासिक सांस्कृक्तिक महत्त्व झल्कने शब्दावलि, मन्न, पुजन विधिमा प्रयोग योग्य मानिन्छन् । आजको वृहत् खरेलको वंशवृक्ष काभ्रेको खरेलथोक, फलटि, नुवाकोट, धादिङ्ग लगायतको भूगोलबाट आफ्नो वीरता र पहिचान बोकेर कुनै समय राजा, सेना युद्ध लडाकु, चौतरीय दरवार पण्डित, राजगुरु भाइभारदारको भूमिका शाहकालीन यूगमा निर्वाह गर्दै आफ्नो अस्तित्व, धर्म, संस्कार र जिविका उर्पाजनको कममा पुर्वउत्तर तमोर नदि हुदै बारी अम्मरपुर आइबु खरेलथोक, मौजा, खरेल गाँउ, खरेल चौतारो, खरेल धारा, हाल न्यौपाने बसेको भिंगटीको ठूलोभवन निर्माण गरी धर्मानन्द र शर्मानन्द दाजुभाइ आइबसेका र त्यहाँ ५ भाई छोरा २२ भाइ नाती जन्मी पूर्वोउत्तर क्षेत्रमा फैलिएका खरेल समाजको केहि रोचक र भौगोलिक वांसस्थान वारेमा जानकारी गराउन चाहन्छु । पशुपालन व्यावसायको क्रममा भाइ शर्मानन्द बाघसंगको लडाइमा घाइते भई (बाघ पनि मारी) मुत्यु पश्चात धर्मानन्द (दाजु) का सन्तान ५भाइको सन्तानको वंशवृक्ष नेपालका पुर्वोउत्तर फैलावट भएको हो । पुर्खा धर्मानन्द खरेलले आठराई कालिपा संग्रौला घरकी छोरीसंग विवाह गरेका, बाँसको टुप्पो तम्मोर बारीपारी बाँधी नदि तरेका, हेम्वे लिम्बुसंग मितलगाई बसेका, मितको घरमा पाहुना खानलाग्दा, बस्तुहरुले बाली खाँदा बस्तु पनि हटाऊ, गोवर पनि उठाइ लैजाऊ भन्दा वस्तु हटाई मल गोवर पनि तम्मोरमा बोकी वगाई, माटोमा पुरिदिँदा खरेलहरु इमान्दार बुझिन गएको सोही क्षेत्रबाट धर्मानन्द खरेलबाट छोराहरु प्रथम जन्मजय (च्याङ्गचापु, सिक्किम, दार्जेलिङ) द्वितीय रामलाल (सिनाम मामांचे) तृतिय रुपनारायण (भारत सुनकोशी) चतुर्थ श्रीकृष्ण (ताप्लेजुङ्ग खेवाङ्ग) हाल झापा, तराई, पञ्चम गंगाधर (थेचुम्बु ताप्लेजुङ्ग फावाखोला) समेत ५ भाइका सन्तान हाल उत्तर पुर्व नेपाल र विदेशसम्म फैलिएको खरेल समाजको पहिचान र भूगोल, पुर्खाहरुको ताजा डोवहरु पाइन्छन् । हाल झापामा सबतिरै नै खरेल समाजको वसोवासको केन्द्र विन्दु रहको अवस्था रहेको छ। तिनै धर्मानन्द खरेलका जेठा छोरा जन्मजयका सन्तान (च्याङ्गचापु गढीमा हिदुलाल खरेल दैविक शक्तिका शक्तिपीठ, शक्तिशाली धामी र खरेल समाजका दैविक कुलपूजक धामी भनेर कहलाइन्छन् । पुष्प, अक्ष्यता, मन्त्रण गरी जोखाना हेरी अभेद्द, अनाकण्टार खोल्सा, डाँडाँमा शिला उत्खनन गर्ने शिला पत्ता लगाउने र शिला संगै धुपी झार्ने त्रिशुल र दैविक शिला संकेत दिलाइदिने कुलपूजा विधि र सेतु खरेलको चोरीएको सम्पती, सुनचाँदी पत्ता लगाई जिम्मा दिने, र यसको जिउँदो उदाहरण सिक्किम तुरुङ्गमा सन् १९४५ मा तरवार चट्टानमा गाडी राउते रुम्तेक निवासी धनपती खरेलले दूध, फूल चढाई उत्खनन भएको सेतो शिला मुर्ती। फोटोमा छ देख्न र पुजनविधिमा पाइन्छ। उनै कुलपुजक, धामी, शक्तिपिठ दैविकशक्तिका धनी हृदयलाल खरेल। उत्पन्न शिला मन्दिर आजसम्म पुजनयोग्य र शक्तिपिठ मानिन्छन् । वर्तमान अवस्थामा वशिष्ठ गोत्रिय खरेल समाजले पूर्वाञ्चल लगायत भारतमा रहेका खरेल बन्धु, समाज, शाखा सन्तानहरुलाई एकताबद्धको प्रतीक र खरेल समाजको प्रबर्द्धन, विकाश र सामाजिक पहिचान हुने गरी श्री वशिष्ठ आश्रम खरेल प्रवर्द्धन गर्ने बंशमा कृति स्वरुप खरेल समाजको कोष स्थापनार्थ राममन्दिर, हनुमान गणेश मुर्ती स्थापना, पाकघर, आश्रमकोठा, बगैंचा, वृक्षारोपण, नियमीत पाठपूजा, चाडपर्वमा होमादि, पुजारी व्यवस्थापन, विवाह, व्रतबन्ध, लगायत धार्मिक, सांस्कृतिक कार्यहरु सम्पादित हुदै आएको छ।

यस कार्यका अग्रणी संस्थापक अध्यक्ष श्री परमानन्द खरेल र सस्थापक सदस्यहरुको दान, दातव्य, निर्माणकर्ताको भूमिका महत्वपूर्ण रहेको छ। वंशांवली तयार गर्न नेपाल अधिराज्य भरिका खरेल बन्धुको लेखन तथा सम्पादन गर्ने संयोजक/प्रकाशक चन्द्रप्रसाद खरेलको साहश, मेहनत र हिम्मतप्रति सदैव आभार ब्यक्त गर्नु पर्दछ ।

भिष्मराज खरेल

सहसचिव (2069)

वशिष्ठ आश्रम खरेल प्रवर्द्धन समिति