शुभकामना सन्देश - अग्नि खरेल , अधिवक्ता - पूर्व सभासद,
शुभकामना
खरेल वंशावली मेहनत पूर्वक प्रकाशन गर्न लागेको कुरा सुन्दा खुशी लाग्यो। यसले मुलुकभर छरिए रहेको खरेल बन्धुहरुलाई एकजको प्रति परिचित गराउने, बन्धुत्वको भावनालाई अभिवृद्धि गर्ने, परस्परका भावनात्मक सम्बन्धलाई बभौ गाढा बनाउने र अझै छिचोलेरै भन्ने हो भने खरेल बन्धुहरु वीचमा आफू कहाँ छ भन्ने कुरा छलंड पारिदिने काम गरेको छ। यसले सबै पुस्ताका दाजुभाइहरुलाई सुपरिचित गराउने हेतु भूमिका निर्वाह गरेको छ। त्यसैले प्रारम्भमै मैले यस प्रति खुशी जाहेर गरेको हूँ।
मानव विकासको लागि बसाईसराई अनिवार्य छ। विज्ञान र प्रविधिको विकासले संसारलाई अभी सात र माधुरी समेत बनाउदैछ । त्यो सानो र साघुरो ससारको जुनसुकै कुनामा एउटा नेपालीलाई भेट्न सकिन्छ। त्यो नेपाली यही बंशावलीमा समेटिएको तपाई हाथै दाजुभाई, काका, बाबु, वा अरु कोही पनि हुन सक्छ। यी पुस्तकको माध्यमबाट ऊ संग सजिनै नाता लगाएर बोल्न सकिनेछ र हरेक सजिलो र अफ्ठ्यारोको बीचमा एड अकोलाई सहयोग आदानप्रदान गर्न सकिने भएको छ। त्यसैले यो पुस्तक धेरै अपठ्यारोको बीचमा पनि ब्राउनु अनिवार्य बनी सकेको थियो ।
हामी बीचमा युवाहरुको एउटा ठुलो पुस्ता छ। जो रातदिन कम्यूटरमा बस्छ, नेपालीमा भन्दा अग्रेजीमा बोल्छ कम्प्यूटरको माध्यमबाट संसार भरी सम्पर्क गर्छ र दुनियाका धेरै खबरहरु थाहा पाउँछ, ऊ आफूलाई नया पुस्ता भन्छ। तर, आफ्नै घर भित्रको आफैले नाता लगाउनु पर्ने र चिन्नै पर्ने नातेदारलाई भने ऊ चिन्दैन । यो पुस्तक त्यस्तो वर्गको युबाहरुको लागि राम्रो र उपयोगी सामग्री हुन सक्छ। हाल पुस्तिकाको रुपमा प्रकाशित हुन गैरहेको यस बशावलीलाई आधुनिक प्रविधिको प्रयोग गरी वेभसाइटमा राखिदिनु झनै उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ।
नेपालको पूर्वी भागमा छरिएर रहेका खरेल दाजुभाइहरुको बशावली प्रेमदास उप्रेतीजीद्वारा तयार गरी साडेतीनदशक अघिनै प्रकाशमा आएको थियो। त्यसले हामी बीचको सम्बन्धलाई केलाउन भरपुर सहयोग गरेको थियो। त्यस्तै प्रकारका प्रकाशनहरु अन्यत्र पनि भएका हुन सक्छन। ती सबै पुस्तकलाई एकिकृत गरेर भएका कमी कमजोरीहरुलाई हटाएर एउटा सग्लो बंशावली प्रकाशन गर्ने जमर्को गर्नु झन्झटिलो मात्रै होईन कष्टसाध्य पनि हो, समय र पैसा दुवै हिसावले खर्चिलो समेत हो। यती हुँदाहुँदै पनि यस पुनित कार्यमा अचक मेहनत साथ संलग्न हुनुहुने सकलक तथा प्रकाशक दाई चन्द्रप्रसाद खरेल तथा वशिष्ठ आश्रम खरेल प्रवर्द्धन समिति साधुवादका पात्र हुनुहुन्छ ।
अन्तमा, मुलुकमा अहिले जातियताको प्रश्न उठेको छ, को आदिवासी हो र को होईन भन्ने विषय पनि गम्भीर सामाजिक बहसको विषय बनाईदैछ । सदियौदेखि साम्प्रदायिक सद्भाव कायम राख्दै मिलेर बसेको समाज नराम्ररी विघोलिएको छ ।
हामी खरेल वंशावलीमा समेटिएका र कतिपय कारणले समेटिन नसकेका दाज्यूभाइहरु भूगोलको यस खण्डका आदिवासीहरु नै हो। को आदिवासी हो र को होईन भन्ने बर्तमान अवस्थामा चलिरहेका बहसहरुमा हाम्रा पूर्वजहरुले टेकेका पैतालाका डोवहरुलाई देखाएर प्रमाणित गरीदिन सक्छौं। हामी 'खरेल हरु यस भूभागका आदिवासीहरु ही। हाम्रो भाषा तथा संस्कृक्ति एवं हाम्रो परम्परा रहन सहन, रीतिरिवाज एवं सदियी पुरानो बसोवास यसका ज्वलन्त प्रमाणहरु हुन्। यो लामो ऐतिहासिक कालखण्ड पारगर्ने क्रममा हामी दाजुभाइहरु कै बीचमा पनि बनेकी प्रिय र अप्रिय घट्नाहरु घटेका हुन सक्छन् तर तिनीहरुलाई विर्सन, सामान्य रुपमा लिन र समयको चाललाई बुझ्दै अघि बढ्नु उपर्युक्त हुन्छ ।
अन्ततः हामी सबै नै पूर्विय सस्कृक्तिका अनुयायी 'वसुधैव कुटुम्बकम्' को मान्यताबाट ओतप्रोत वस शताब्दीका उन्नत एवं चेतनशिल प्राणी मानिसहरु हौ।
अग्नि खरेल
अधिवक्ता
पूर्व सभासद, झापा, हाल काठमाण्डौ
