शुभकामना - अच्युतकृष्ण खरेल, भु.पू. प्रहरी महानिरीक्षक धुम्बाराही, काठमाडौं
शुभकामना
बुढापाका मान्यजनहरुले आशीर्वाद दिदा सन्तानले डाडाँकाडा ढाकुन् भनेर दिन्थे अहिले आएर यो आशीर्वादको परिभाषा आम परिवर्तन भइसकेको छ । अहिले नेपाली सन्तानको विस्तार नेपालका डाडाँकाडामा मात्र सिमीत नभएर विभिन्न देश र महादेशहरुमा संसार भरी फैलिसकेको छ । यस्तो स्थितिमा एउटै वशका सन्तानको रगतको नाता हुँदाहुँदै पनि एक अर्कासंग हामी टॉडीदै, अपरिचित हुँदै गइरहेका छौं। संसारको जुन कुनामा बसोबास गरे पनी आफ्नो उत्पतिको जरो सम्बन्धसंग मानिसको चासो र माया रहन्छ नै । पलाञ्चोक खरेल बोकबाट संसारभरी छरिएका रवी खरेलको सन्तानहरुको नालीवेलीलाई सङ्कलित गरेर खरेलहरुको बीचको आपसी सम्वन्ध सौहार्दता, भाइचाराको अभिवृदिमा यस प्रकाशनले साह्रै ठूलो योगदान गरेको छ । यो खरेल बंशावली किताब तयार पार्दा अनुसन्धान, सम्पादन र प्रकाशनमा सम्लग्न रहेर सहयोग पुर्याउनुहुने सम्पूर्ण बन्धुहरुलाई धन्यवाद दिन चाहन्छु ।
अच्युतकृष्ण खरेल
भु.पू. प्रहरी महानिरीक्षक धुम्बाराही, काठमाडौं
