परिचय
संस्थाः एक परिचय
हाम्रा अग्रज खरेल बन्धुहरुको आपसी सहकार्य एकता र समझदारीबाट मिति २०४८ सालमा पूर्वाल्वल वशिष्ठ आश्रम खरेल प्रवर्द्धन समिति नामक संस्था दर्ता गराई गाउँ न.पा., क्षेत्र जिल्ला अञ्यल, देश-विदेशसम्म छरिएर रहेका सम्पूर्ण खरेल बन्धुहरुलाई एउटै एकताको सुत्रमा बाँध्ने पवित्र उद्देश्यका साथ स्थापना गरिएको संस्था हो। सर्व प्रथम यस संस्थालाई हालको अवस्थासम्म ल्याईपुऱ्याउनका लागि 'मार्गदर्शन' गराई दिनुहुने सम्पूर्ण अग्रज खरेल बन्धु महानुभावहरुलाई संस्थाको तर्फबाट धन्यवाद दिन चाहन्छु।
यी संस्था नेपालको पूर्वी भाग मेची अञ्चल झापा जिल्ला अन्तर्गत सुरुङ्गा-४, कोटीहोम स्थित कन्काई माइधारको किनारमा अवस्थित छ। २०४८ सालमा हाम्रा अग्रज पीडिहरुले जंङ्गल फडानी गरेर दुखले आर्जेको जग्गाको क्षेत्रफल ०-३ कठ्ठा ५ धुर रहेको छ।
वर्तमान अवस्थामा खरेल बन्धुहरुको कोष तथा दाताहरुको सहयोगबाट खरेलका कुलदेवताहरु र सीताराम भगवानको मूर्ति स्थापना गरि मन्दिर निर्माण गरिएको छ। सो मन्दिरको वाहिर गेटमा हनुमान र गणेश भगवानको मूर्ति सजिएको छ। सो जग्गालाई कम्पाउण्ड वाल लागाई त्यहाँ व्याशासन हल, होमादिस्थल, भान्सा घर (पाक घर) अफिस कोठा, पाहुना कोठाहरु, पानी धारा, ट्वाईलेट बायरुम निर्माण गरी बगैंचा वृक्षारोपण सम्पूर्ण कार्यहरु सम्पन्न गरी व्यवस्थित रुपमा रहेको छ। मन्दिरमा पुजारीको व्यवस्था गरी नियमित पूजापाठ गर्ने प्रचलन रहि आएको छ। कोटिहोम परिषरमा विभिन्न जात जतिहरुको बा-आफ्नै किसिमको मन्दिरहरु अवस्थित रहेको छ। यस भित्र विवाह, व्रतबन्ध (उपनयन) साथै अन्य शुभकार्यहरु अधिक मात्रामा हुने गर्दछ। हाम्रो यो पवित्र संस्था सम्पूर्ण खरेल वन्धुहरुको अथक प्रयत्नले अधि बढेको संस्था हुदाँ सदस्यज्यूहरुबाट प्राप्त रकम, दाताहरुको सहयोग र दान आदिबाट आर्थिक कोष खडा गरी रकम संकलन गर्ने व्यवस्था रहेको छ। उक्त कोषवाट समितिको निर्णय अनुसार विभिन्न वर्ग र क्षेत्रमा रहेका खरेल बन्धुहरुलाई आपत विपत परेको खण्डमा वृत्तिव्यवसाय गर्नका लागि सहुलियत तरिकाबाट कर्जा प्रवाह र गरीवि, निमूखा, विपन्न वर्गमा रहेका खरेल बन्धुहरुलाई उद्धारकोष खडागरि उद्धार र परोपकार गर्ने कार्य समेत यो संस्थाले गर्दै आएको कुरा सर्वविधितै छ। यो संस्थाले कुनै पनि खरेल बन्धुहरुको देहान्त भए पश्चात सरहेको व्यवस्था लागु गरी १० दिनको पुण्य तिथीमा बन्धुहरु, छरछिमेक, कुलकुटुम्ब भेलाभई श्रद्धाञ्जलिसभा तथा समवेदना पत्र दिने व्यवस्था गरी आएको छ ।
यो संस्थाले समय अनुकुल सप्ताह पुराण लगाउने, प्रवचन गर्ने गराउने चण्डी पाठ, रुद्री पाठ, भजन किर्तनहरु गर्नुका साथै वृद्ध बृद्धाहरुलाई सम्मान गर्ने र जेहेन्दार विद्याचीहरुलाई पुरस्कृत गरी प्रमाण पत्र दिने कार्य समेत गर्दै बाएको व्यहोरा जानकारी गराउँदछु। आगामी दिनहरुमा पनि सम्पूर्ण खरेल बन्धुहरु एक जुट भएर तन, मन, वचन, कर्मले सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा दुख, सुख हरेक पक्षमा एक जुट भई अघि बढ्नका लागि हार्दिक अनुरोध गर्दछु।
यस सस्थाले आगामी दिनमा एम्बुलेन्सको व्यवस्था गरी सेवा प्रदान गर्ने सोच बनाएको छ। नयाँ कार्यक्रमहरु तर्जुमा गरी अघि बढ्ने र गाउँ क्षेत्र, जिल्ला समितिहरु विस्तार गर्न गराउन संस्था प्रतिवद्ध नागि परेको व्यहोरा समेत जानकारी गराउँछु ।
मानिस आफैमा सामाजिक प्राणी भएको हुँदा विभिन्न जातजाति, भाषाभाषी, तया विविध संस्कृतिहरुको संरक्षण र सम्बर्द्धन गर्नु हामी सबैको सामाजिक, नैतिक दायित्व भित्र पर्दछ । अझ मुलुकमा आएको राजनैतिक परिवर्तन पछि विभिन्न जातजाति, आदिवासी जातजातीहरुको आफ्नो जातिय तथा भाषिक, सांस्कृतिक अधिकारका लागि जोडदार बाबाज उठ्दै आएको विषय सर्वविदितै छ । यद्यपी हाम्रो प्यारो सस्था पू.व.आ.व.प्र. समिति जातिय सद्भाव भाषिक सम्मान र सांस्कृक्तिक विविधताको हरेक पक्षको सदैव सम्मान गर्दै आफ्ना पुर्वज पिता पुर्खाहरुको रितीरिवाज परम्परा र संस्कारहरुको संरक्षण र सम्बर्द्धन मा सबै पक्षसंग सद्भाव र भाइचाराको सम्वन्ध राख्ने संस्वा भएको व्यहोरा यहाँहरु समक्ष राख्न चाहन्छु । अन्त्यमा यस पू.व.आ.ख.प्र. समितिका सदस्य एवं वंशावली प्रकाशन संयोजक श्री चन्द्रप्रसाद खरेलज्यू तथा बशावली प्रकाशन समितिका सदस्यज्यूहरुले अहोरात्र अनवरत रुपमा कठिन परिश्रम गरेर आफ्नो निजि पारिवारीक काम र आर्थिक व्यय व्यहोरेर भए पनि वंशावली प्रकाशन कार्य सम्पादन गर्नु भएकोमा उहाँहरु २ संस्थालाई सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगदाता खरेल बन्धुहरुलाई पू.व.आ.ख.प्र. समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हृदयदेखिनै मुरीमुरी धन्यवाद दिदै आफ्नो शुभेच्छा व्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।
दीपक खरेल
सचिव (2069)
पूर्वाञ्चल वशिष्ठ आश्रम खरेल प्रवर्द्धन समिति सुरुङ्गा झापा
